नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा विकको विशेष पहल र अग्रसरतामा संघीय सरकारबाट गृह जिल्ला कपिलवस्तुमा साढे १ अर्ब बजेट परेको छ ।
कपिलवस्तुलाई विकासको मूल प्रवाहमा ल्याउनका लागि आवश्यक बजेट विनियोजन गर्न आफुले गरेको निरन्तरको प्रयास र अग्रसरताको परिणाम स्वरुप जिल्लामा साढे १ अर्ब बजेट बढी परेको राज्यमन्त्री विकले बताउनुभयो ।
वन वातावरणसंगै सडक पूर्वाधार विकास, विद्यालय भवन, खानेपानी, कृषिको क्षेत्रलाई माथि उकास्नका लागि बजेट विनियोजन गरिएको बताउनुभयो ।
उहाँले बजेटको कार्यान्वयन पाटोलाई स्थानीय जनप्रतिनिधि र जनताले चासो राखेर काम सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
कपिलवस्तु विकासका लागि राज्यमन्त्री बिकाले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न मन्त्रालय अन्तर्गत कपिलवस्तु जिल्लामा साढे १ अर्ब रकम पार्न सफल भएकोमा कपिलवस्तु बासी समेत खुसी भएका छन ।













