गृहपृष्ठ Featured पाचुकामाथि रियल मड्रिडको जित

पाचुकामाथि रियल मड्रिडको जित

फिफा क्लब विश्वकपमा रियम मड्रिडले पाचुकालाई हराएको छ ।

बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा रियल मड्रिडले पाचुकामाथि ३-१ गोलअन्तरको जित निकालेको हो । खेलको सातौँ मिनेटमा डिफेन्डर राउल एसेन्सियो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

तर, १० खेलाडीमा सीमित भए पनि रियल मड्रिडले पाचुकामाथि सुरुदेखि नै दबाब सिर्जना गरेको थियो । खेलमा सुरुवाती अग्रता पनि रियल मड्रिडले नै लिएको थियो । खेलको ३५औँ मिनेटमा जुडे बेलिङ्‌घमले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ४३औँ मिनेटमा आर्दा गुलेरले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारेका थिए ।  खेलको ७०औँ मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियल मड्रिडको अग्रता ३-० को स्थितिमा पुर्‍याएका थिए ।

तर, खेलको ८०औँ मिनेटमा पाचुकाका लागि एलियास मोन्टिएलले गोल गर्दै रियल मड्रिडको अग्रता  ३-१ मा झारे । बाँकी समयमा गोल हुन नसक्दा खेल रियल मड्रिडले ३-१ ले जित्यो ।

जितसँगै समूह ‘एच’ मा रहेको रियल मड्रिड २ खेलबाट ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । पाचुका भने लगातार दुई खेल हार्दै अंकविहीन छ ।

सम्बन्धित् समाचार