वैखरी अनलाइन, कपिलवस्तु ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस पार्टीबाट मन्त्री बनेकालाई कपिलवस्तुमा कांग्रेस पार्टीले निषेध गर्ने निर्णय गरेको छ ।
आर्थिक बर्ष २०८२÷८३ को बजेटमा कपिलवस्तुलाई उपेक्षा गरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले आज एक बिज्ञप्ती निकाल्दै कांग्रेसबाट मन्त्री बनेकाहरुलाई कपिलवस्तुमा निषेध गर्ने निर्णय समेत गरेको छ ।
कपिलवस्तुमा बिकास निमार्णका योजनाहरु न्युन राखी आफनो निर्वाचित क्षेत्रलाई मनपरि रुपमा बजेट बिनियोजन गरेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले ध्यानकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुका सभापति अब्दुल कलामद्धारा हस्ताक्षरित बिज्ञप्तीमा लुम्बिनि प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सार्वजनिक तथा पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय उल्लेख गरीएको छ ।
प्रदेशकै मन्त्री भएर बिकासका लागी आफनो निर्वाचन भन्दा माथि उठ्न नसक्नु निकै दुखत कुरा भएको बताउदैँ तत्काल समानुपातिक रुपमा बिकास बजेट बिनियोजन गर्न नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव शक्ति सिहं ठकुरीले आग्रह समेत गरेका छन ।
यस्तो छ बिज्ञप्ती









