गृहपृष्ठ Featured विजयनगरमा बाल विकास सिकाई मेला सम्पन्न

विजयनगरमा बाल विकास सिकाई मेला सम्पन्न

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १२ असार ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा प्रारम्भिक बाल विकास सम्बन्धी मेला कार्यक्रम सम्पन्न भएको छ । बिहिबार गाउँपालिकाकाे वडा नम्बर २ महुवाबारी-मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा बाल विकास सिकाई मेला गरिएको प्रधानाध्यापक देवेश कुमार माैर्यले जानकारी दिए ।

अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, जनप्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि लगायत सराेकारवालाहरुकाे सहभागीतामा बाल विकास सिकाई मेला गरिएको उनले बताए । सेचेन करुणाकाे आयाेजना, करुणा सेचेनकाे सहयोग र गाउँपालिकाकाे समन्वयमा सिकाई मेला गरिएको आयाेजकले जनाएको छ ।

सेचेन करुणाका जिल्ला प्रमुख हुमलाल अधिकारीले  सिकाउने कुरा महत्त्वपूर्ण भएको बताउँदै विद्यालयसम्म बालबालिकालाई ल्याउने वातावरण बनाउने उद्देश्यले सिकाई मेलाकाे आयाेजना गरिएको जानकारी दिए । उनलेे विद्यालय जाने उमेरका बालबालिका, घर र विद्यालय वातावरणबीच समन्वय गर्ने धारणाले बाल विकास केन्द्रकाे स्थापन गरिएको उनलेे बताए । उनले आवश्यक सामग्रीहरुकाे लागि वडा र पालिका स्तरबाट बजेट विनियोजन गर्न आग्रह समेत गरे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शिक्षा नै देश विकासकाे मूल आधार भएकाे बताउँदै विद्यालयमा हरेक दृष्टिकोणले सबैले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले बालबालिका र विद्यालयमा लगानी गर्नुपर्नेमा जाेड दिए । शिक्षाकाे चाैतर्फी विकास लागि तत्पर रहेकाे भन्दै आवश्यकता अनुसार सहयोग गर्दै जाने अध्यक्ष थापाले प्रतिबद्धता समेत जनाए ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले पहिला भन्दा शिक्षामा धेरै राम्रो सुधार आएको बताउँदै विद्यार्थीकाे प्राेफाइललाई निरन्तरता दिनुपर्नेमा जाेड दिइन् । शिक्षकले बालबालिकाकाे सरसफाई पनि ध्यान दिँदै ड्रफआउट र अनियमित हुने विद्यार्थीलाई खाेजी गर्दै निरन्तरताका लागि अभिभावकसँग समन्वय बढाउन आवश्यक देखिएको उनले बताइन् ।

यसैगरी ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले बाल विकास केेन्द्रलाई घरकाे वातावरण भन्दा बढी राम्रो बनाउन आवश्यक भएको बताउँदै अभिभावकले बाल विकास केन्द्र अवलाेकन गर्नुपर्ने बताए । उनलेे अभिभावकले पनि बालबालिकाकाे सिकाईका लागि आवश्यक शैक्षिक सामग्री निर्माण गरि सहयोग गर्नुपर्ने बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ प्रसाद चाईले विद्यालयकाे चाैतर्फी विकासका लागि अहाेरात्र खटेर लागेकाे बताए । विस्तारै शैक्षिक सुधार हुँदै गएकाे बताउँदै गुणस्तरीयता र प्रभावकारितामा जाेड दिइएको उनलेे जिकिर गरे । उनलेे खानेपानी, भाैतिक संरचना लगायतका विभिन्न समस्याहरुकाे विस्तारै समाधान हुँदै गएकाे बताए ।

विद्यार्थीकाे संख्या अनुसार अझै कक्षा काेठा अपुग भएको बताउँदै पठनपाठनमा समस्या भएको उनलेे बताए । आवश्यक भाैतिक संरचना निर्माणका लागि सम्बन्धित निकायमा पहल भइरहेको उनलेे बताए ।

कक्षा ८ की विद्यार्थी नमुना काफ्लेकाे स्वागत मन्तव्य र शिक्षक उत्तम बहादुर काेरीकाे सञ्चालनमा सिकाई मेला कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

आज (बिहिबार) प्रारम्भिक बाल विकास केन्द्रकाे अनुगमन समेेत गरिएको छ । दूधाधारी नमुना मावि गुगाैली, शान्ति आधारभूत विद्यालय जर्लैया, नेपाल तारा मावि मगरघट्टा र लाैटनराम द्राेपदी देवी मावि गणेशपुरकाे बाल विकास केन्द्रकाे अनुगमन गरिएको हाे ।

अनुगमन टाेलीमा गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरी, शिक्षा अधिकृत हरिहर बेल्बासे, याेजना शाखाका प्रमुख बाेधराज भुसाल, जनप्रतिनिधि, वडा सचिव र सेचेन करुणाका कर्मचारीहरुकाे टाेलीले बाल विकास केन्द्रकाे अनुगमन गरेकाे हाे ।

सम्बन्धित् समाचार