कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा शारीरिक अपांग भएका १० जनालाई ह्वील चियर बितरण गरिएको छ । नगरपालिकाको सहयोगमा अपांग सेवा समाजले बुढ्ढीको हनुमान चोक स्थित सभा हलमा राखको सहयोगी सामाग्री बितरण कार्यक्रममा उनीहरुलाई सो सामाग्री बितरण गरिएको हो ।

यस्तै १५ जनालाई सेतो छडी सहीत चस्मा र एक जनालाई एरयर फोन समेत प्रदान गरिएको छ । नगरपालिकाका मेयर केवश कुमार श्रेष्ठ र वडा नम्बर ९ का अध्यक्ष प्रमोद आचार्यले उनीहरुलाई सो सहयोग सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रम कै बिचमा समाजले जन प्रतिनिधि र अपांगता भएका ब्यक्तिहरु बिच अन्तरक्रिया कार्यक्रम समेत संपन्न गरिएको छ ।
सो अवसरमा मेयर श्रेष्ठले आत्मबिश्वास कायम राखे अपांगहरु पनि धेरै रचनानात्म काम गर्न सक्ने बताए । अपांगहरुलाई घर परिवार र समाजले सबै मिलेर सहयोग र साथ दिनु पर्ने बताए । नगरपालिकाले अपांगहरुलार्इृ हरेक बर्ष बिभिन्न सहयोग गदै आएको उनले बताए । वडाध्यक्ष आचार्यले अपांगहरुलाई दया होईन साथ र सहयोग गर्नु पर्ने बताए ।
उनले शारीरिक रुपमा अपांग भए पनि उनीहरुले साथ सहयोग र अवसर पाए धेरै कुराहरु गर्न सक्ने बताए । कार्यक्रम मेयर श्रेष्ठको अध्यक्षता, अनिल घिमिरेको सचालन तथा अ्रब्दुल जाबेदको स्वागत मन्तब्यमा भएको थियो ।








