गुल्मी – घाँस काट्ने क्रममा भीरबाट लडेर गुल्मीमा एक जनाकाे ज्यान गएको छ । मदाने गाउँपालिका–६ घ्युउपानीकी ३१ वर्षीया लक्ष्मी थापाको स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गएको गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयाे ।
मृतक थापाका दुई जना छाेरा छन् । उहाँका श्रीमान् राेजगारीका सिलसिलामा दुबईमा हुनुहुन्छ ।








