गृहपृष्ठ Featured नेपाली कांग्रेस बाणगंगाद्धारा शोक सभा सम्पन्न

नेपाली कांग्रेस बाणगंगाद्धारा शोक सभा सम्पन्न

नेपाली कांग्रेस बाणगंगा नगर कार्यसमितिले शोक सभा सम्पन्न गरेको छ । पार्टीका नगर सचिव सुर्यप्रसाद बरालका स्वर्गीय पिता भिमलाल बरालको ९औं दिनको पुण्य तिथिमा पार्टीले शोक सभा सम्पन्न गरेको हो ।

स्वर्गीय बरालको ८७ बर्षको उमेर गत असार ७ गते निधन भएको थियो । पार्टीले उहाँको असमाहिक निधनले समग्र नेपाली कांग्रेस बाणगंगा परिवार स्तब्ध भएको जनाएको छ ।

उक्त शोकसभामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य रुक बहादुर भुसाल, जिल्ला सचिब शक्तिसिंह ठकुरी, कांग्रेस नेताहरु डोकलराम घिमिरे, मंगल थारु, विष्णु प्रसाद न्यौपाने, दुनिका भुसाल, विष्णु थापा, गणेश बहादुर क्षेत्री पार्टीका विभिन्न भातृसंस्था अध्यक्षहरु लागयतको सहभागिता रहेको थियो ।

शोक सभामा बोल्ने कांग्रेसका नेताहरुले स्वर्गीय बरालले पार्टीप्रति पुर्याएको योगदान अतुल्नीय र अविस्मरणीय रहेको चर्चा गरेका थिए ।

साथै पार्टीले यस शोकको घडीमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धौर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना समेत गरेको छ ।

सम्बन्धित् समाचार