गृहपृष्ठ Featured सुनचाँदी व्यवसायीको आन्दोलनमा कपिलवस्तु उद्योग वाणिज्य संघको ऐक्यवद्धता

सुनचाँदी व्यवसायीको आन्दोलनमा कपिलवस्तु उद्योग वाणिज्य संघको ऐक्यवद्धता

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु उद्योग वाणिज्य संघले सुनचाँदी व्यवसायीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारले सुनचाँदी, हिराको कारोबारमा घोषणा गरेको कर वृद्धिप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

‘कपिलवस्तु उद्योग वाणिज्य संघमा आवद्ध वस्तुगत संघ सुनचादी व्यवसायी संघमा आवद्ध व्यवसायीहरु र उपभोक्ताहरुसंग सम्बन्धित नेपाल सरकारले यही जेष्ठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८२ / ०८३ को वजेट वक्तव्य मार्फत सरकारले घोषणा गरेको सुनचाँदी, हिरा लगायतको कारोवारका विभिन्न शिर्षकमा गरेको कर वृद्धिप्रति कपिलवस्तु उद्योग वाणिज्य संघको गम्भिर ध्यानाकर्षण भएको छ,’ उक्त विज्ञप्तिमा भनिएको छ ।

उक्त निर्णय यथाशिघ्र फिर्ता लिई व्यवसायीहरुलाई आफ्ना व्यवसाय ढुक्कसंग सञ्चालन गर्न र उपभोक्ताहरुलाई थप महँगीको भारवाट बच्ने वातावरणको सृजना गराउन संघले सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

‘विगतका वर्ष देखी सुनचाँदी लगायतका वस्तुहरुमा भएको अप्रत्यासित मुल्य वृद्धिका कारण एकातर्फ व्यवसायीहरुको कारोवारमा कमी आएको र केही व्यवसायीहरु विस्थापित समेत भएको साथै आम सर्वसाधरणहरुले आफ्ना रितिरिवाजमा अत्तिआवश्यक गरगहना समेत किनमेल गर्न नसकिरहेको अवस्थामा नेपाल सरकारले करको दायरा बढाउनुको साटो अवैज्ञानिक तवरले करको दर वृद्धी गरेकोले देशव्यापी रुपमा सुनचादी व्यवसायीहरुले गरेको आन्दोलनप्रति कपिलवस्तु उद्योग वाणिज्य संघ ऐक्यवद्धता जनाउँदछ । सरकारको उक्त निर्णय यथाशिघ्र फिर्ता लिई व्यवसायीहरुलाई आफ्ना व्यवसाय ढुक्कसंग सञ्चालन गर्न र उपभोक्ताहरुलाई थप महँगी को भारवाट बच्ने वातावरणको सृजना गराउनहुन कपिलवस्तु उद्योग वाणिज्य नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छ,’ उक्त विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित् समाचार