अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा रहेको धिरिखोला सामुदायिक बन उपभोक्ता समुहले कृर्षकहरुलाई ५ वटा मिनि ट्याक्टर र चापकटर वितरण गरेको छ ।
कृषकहरुलाई आयआर्जनमा जोडन्नका लागि आवश्यकताका आधारमा मिनि ट्याक्टर र चापकटर बितरण गरेको समुहका अध्यक्ष समाजसेवी युवा नारायण पौडेलले जानकारी दिनुभयो ।
यस सामुदायिक वनले वन संरक्षणसंगै स्थानीय स्तरमा धेरै बिकास निर्माणका कामहरु गर्दै आएको छ ।
उपभोक्ता समुहका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष दुर्गा बहादुर बिसि बाणगगा सब डिभिजन प्रमुख अर्जुन चापागाईं लगाएत स्थानीय बासिको उपस्थिति रहेको थियोे ।








