गृहपृष्ठ Featured लुम्बिनी सास्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोड ५० लाख बराबरको बजेट

लुम्बिनी सास्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोड ५० लाख बराबरको बजेट

वैखरी अनलाइन, लुम्बिनी ।
रुपन्देही जिल्लाको लुम्बिनि सास्कृतिक नगरपालिकाले १ अर्ब ५४ करोड ५० लाख ५९ हजारको बजेट ल्याएको छ । नगरपालिकाले १५ औँ नगर सभाबाट सो बराबरको बजेट आर्थिक बर्ष २०८२÷८३ का लागी ल्याएको हो ।

सभामा पालिकाकी उप प्रमुख कल्पना हरिजनले बजेट पेश गर्दे पालिकाकाभित्र रहेका १३ वटा वडाका लागी करोड ५ लाख रुपैया बिनियोजन गरिएको जानकारी दिनु भयो ।

 

साथै आर्थिक बर्ष २०८२÷८३ का लागी पालिकाले शिक्षा, स्वास्थ्य, कृर्षी, पुर्वाधार र पर्यटन क्षेत्रको बिकासलाई प्राथमिकतामा राखी निति तथा कार्यक्रम ल्याइएको पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष ईनामुल्लाह फकिरले बताउनु भयो ।

 

आर्थिक बर्ष २०८२÷८३ का लागी कार्यन्वयन हुन सक्ने र नगर बिकासमा दिर्घकादिन असर पुग्ने गरी कार्यक्रम तथा योजना ल्याइएको प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले बताउनु भयो ।

सभामा बौल्दै नगरपालिकाका प्रमुख सजरुद्यिन मुसलमानले पालिकाको बिकासमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताउदै लुम्बिनी सास्कृतिक नगरपालिकालाई सम्बृद्ध बनाउन पालिका निरन्तर लागी रहेको बताउनु भयो । सभामा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य शाखा प्रमुख तथा सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

 

 

 

सम्बन्धित् समाचार