गृहपृष्ठ Featured नेपाल महिला एसियाकप पुग्ने निर्णायक खेलमा उज्वेकिस्तानसँग भिड्दै

नेपाल महिला एसियाकप पुग्ने निर्णायक खेलमा उज्वेकिस्तानसँग भिड्दै

काठमाडौँ ।

नेपाल २६ वर्षपछि एसियाकप पुग्ने आफ्नो लक्ष्यलाई साकार पार्न आज घरेलु टोली उज्वेकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्दैछ। जारी प्रतियोगिगतामा अपराजित दुबै टोलीको लक्ष्य आगामी वर्ष अस्ट्रेलियामा हुने एसियाकपमा पुग्ने भएकाले दुबै टिम सतप्रतिशत जितको लक्ष्यमा मैदान उत्रिंदै छन्।

राजधानी तास्केन्दमा हुने खेलमा घरेलु मैदानको फाइदा उठाउने लक्ष्यमा उज्वेकिस्तान रहँदा नेपाल भने आफ्नो बलियो टिम क्षमता प्रस्तुत गर्ने अवसरमा आफूलाई अब्बल बनाउने प्रयास गर्ने छ।

महिला फुटबलमा लगातार फाइनल पुगेर निरास हुँदै आएको नेपाल एसियाकपमा पुग्ने निर्णायक खेलमा भने पुरानो ‘जिंक’ तोड्न चाहन्छ। छनोट अन्तर्गत समूह एफ मा दुबै टिमले लाओस र श्रीलंकालाई हराएकाले यो खेल दुबैका लागि निर्णायक बनेको हो।

एसियन कप खेल्नका लागि नेपाल २६ वर्ष देखि प्रतीक्षा गरिरहँदा आयोजक उज्वेकिस्तान पनि २२ वर्षदेखी एसिया कप खेल्ने प्रतिक्षामा रहेको छ। नेपालले पछिल्लो पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो। त्यो बेला नेपालकै समूहमा रहेको उज्बेकिस्तानले सन् २००१ र २००३ मा पनि महिला एसियन कप खेलेको थियो। तर त्यसयता यि दुबै टिमले यो अवसर पाएका छैनन्।

अझ छनोट खेलेर एसियाकप खेल्नु पर्ने संरचनाका कारण यो सहभागिता झनै विशेष हुने छ। फिफा वरियतामा उज्वेकिस्तान नेपाल भन्दा ४९ स्थान माथि छ। यद्यपि उसलाई चुनौती दिनका लागि नेपाल सक्षम रहेको छ।

बरियतामा ५१औं स्थानको उज्वेकिस्तान र १०० औं स्थानमा रहको नेपाल बिच ठुलो ग्याप देखिएपनि मैदानमा भने नेपाली टोलीले हराउन सक्ने क्षमता रहेको छ। समूहमा पहिलो खेलमा नेपालले लाओसलाई ९-० ले पराजित गर्दा उज्बेकिस्तानले श्रीलंकालाई १०-० ले हराएको थियो। त्यसपछि दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० ले हराउँदा उज्बेकिस्तानले लाओसलाई ७-० ले हरायो।

दुवै टोलीले क्लिन सिट राख्दै दुबैले विपक्षीको पोस्टमा समान १७ गोल गरेका छन्। गोल अन्तर पनि बराबरी भएकाले एएफसी महिला एसियन कप प्रतियोगिताको नियमावली अनुसार यस्तो अवस्थामा अंक र गोल अन्तर सबै बराबरी भएमा निर्धारित ९० मिनेटपछि सिधै पेनाल्टी सुटआउट बाट विजेता तय हुने छ।

नेपालका लागि दुवै खेलमा नवनियुक्त कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी थिइन्। उनले दुई खेलमा गरेर ७ गोल गरिसकेकी छन्। आजको खेलमा पनि उनीनै निर्णायक हुने छिन्।

सम्बन्धित् समाचार