गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगाले अनुदानमा दियो दुग्ध उत्पादक किसानलाई ५० वटा दुधालु भैंसी

बाणगंगाले अनुदानमा दियो दुग्ध उत्पादक किसानलाई ५० वटा दुधालु भैंसी

प्रकाशित मिति:

सागर वि.क., बाणगंगा ।

बाणगंगा नगरपालिकाले दुग्ध उत्पादक किसानहरूलाई लक्षित गरि साढे २२ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ । नगरपालिकाले किसानहरूलाई दुधालु भैंसी खरिद, गोठ सुधार, चार मेसिन, काउ म्याट, मिल्क क्यानको लागि कुल रु. २२ लाख ५० हजार बराबरको अनुदान प्रदान गरेको नगरपालिकाका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले सोही अनुरुप शनिबार वडा नं. २ मा रहेको कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध ५० जना दुग्ध उत्पादक किसानहरूलाई ५० प्रतिशत अनुदानमा १/१ वटा दुधालु भैंसी हस्तान्तरण गरिएको बताउनुभयो ।

नगरप्रमुख चक्रपाणी अर्यालले यो कार्यक्रम सहकारी संस्थामार्फत लागत साझेदारीमा कार्यान्वयन गरिएको र किसानहरूको पनि प्रत्यक्ष लगानी रहेको बताउनुभयो । नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी बाणगंगालाई आत्मनिर्भर बनाउन अनुदानमा भैसी दिईएको स्पष्ट पार्नुभयो ।

उहाँले यस कार्यक्रमले पशुपालन क्षेत्रमा लाग्ने किसानहरु उत्साहित भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उपप्रमुख रिता कुमारी चौधरीले जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै पशुपालन तथा कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

सम्बन्धित् समाचार