गृहपृष्ठ Featured वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गर्छौ : मुख्यमन्त्री आचार्य

वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गर्छौ : मुख्यमन्त्री आचार्य

प्रकाशित मिति:

अर्घाखाँची ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताएका छन्।

शनिबार अर्घाखाँचीको डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन नर्सरी, रुब्दी पुगेर अवलोकन गरेका मुख्यमन्त्री आचार्यले वृक्षारोपण कार्यक्रमलाई मात्र नभई त्यसपछिको संरक्षण र उपयोगितासम्म विस्तार गर्नुपर्ने धारणा राखे।

मुख्यमन्त्री आचार्यले सामुदायिक वनहरूलाई प्रांगारिक मल उत्पादनमा सक्रिय बनाई कृषि क्षेत्रसँग जोड्न सकिने बताउँदै प्रदेश सरकारले अघि सारेको अर्गानिक खेती अभियानलाई यसले थप टेवा पुर्‍याउने स्पष्ट पारे।

उनले वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोणले मात्र नभई उद्यम, रोजगारी र आयआर्जनको स्रोतका रूपमा विस्तार गर्ने खालका कार्यक्रमहरू आवश्यक रहेकोमा जोड दिए।

सम्बन्धित् समाचार