सहबान अन्सारी
नवलपरासी ।
नवलपरासीमा बसले र मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ ।
शनिवार पाल्हिनन्दन गाउँपालिका वडा नं. १ झरहीखोला स्थित महेशपुर भुजहवा भित्री सडकखण्ड अन्तर्गत भुजहवाबाट महेशपुरतर्फ आउँदै गरेको लु.२ख ६५४ नम्बरको बसलाई सोही दिशा तर्फबाट आउँदै गरेको लु.४७ प ४८७९ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा उक्त मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका वडा नं. ४ पाचपेडा बस्ने २१ बर्षिय भोला राजभर र रामग्राम नगरपालिका वडा नं। १५ डिगौल बस्ने २१ बर्षिय राहुल राजभर गम्भिर घाइते भएका थिए ।
दुर्घटनामा गम्भिर घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल परासी पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले बताउनुभयो ।
दुवै शव सोही अस्पतालमा राखिएको छ भने बस र बसचालक रामग्राम नगरपालिका वडा नं. ४ इम्लीटोल बस्ने वर्ष ३१ को सदाम अली अन्सारीलाई नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।