गृहपृष्ठ Featured बाणगंगाको वडा नं.२ बन्यो लुम्बिनी प्रदेशकै पहिलो पूर्ण सरसफाईयुक्त वडा

बाणगंगाको वडा नं.२ बन्यो लुम्बिनी प्रदेशकै पहिलो पूर्ण सरसफाईयुक्त वडा

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाको वडा नं. २ पूर्ण सरसफाईयुक्त र पूर्ण पोषणमैत्री वडा घोषणा भएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच वडा नं. २ लाई पूर्ण सरसफाईयुक्त र पूर्ण पोषणमैत्री वडा घोषणा गरिएको हो ।

वडाध्यक्ष विष्णु प्रसाद पौडेललाई लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरीले संयुक्त रुपमा नगद रु.१ लाखसहित प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

योसंगै वडा नं.२ लुम्बिनी प्रदेशकै पहिलो पूर्ण सरसफाईयुक्त वडा बन्न सफल भएको वडाध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । वडा नं. २ ले पूर्ण सरसफाईयुक्त वडा बन्न २७ ओटा सुचक र पूर्ण पोषणमैत्री वडा बन्न ५१ ओटा सुचक पुरा गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष पौडेलले वडाभित्र रहेका टोल विकास समिति, स्वास्थ्य स्वयम्सेवीका, अस्पतालका कर्मचारी, खानेपानी संस्था, सामुदायिक वन लगायतको संयुक्त प्रयासबाट यो सम्भव भएको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

यसैगरि सोही कार्यक्रममा वडा नं. ५ र ८ पूर्ण पोषणमैत्री वडा दिगोपना घोषणा गरिएको छ भने पिपरा अस्पताल, गजेहडा स्वास्थ्य चौकी र भलवाड स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।

यसैगरि सोही क्रममा कोपवा स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था दिगोपना घोषणा गरिएको छ ।

सम्बन्धित् समाचार