गृहपृष्ठ Featured ८३ वर्षीय भारतीय अभिनेता रावको निधन

८३ वर्षीय भारतीय अभिनेता रावको निधन

वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवास रावको आइतबार निधन भएको छ।

८३ वर्षीय राव केही दिनदेखि बिरामी थिए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार रावले चार दशकभन्दा बढीको करियरमा ७ सय ५० भन्दा बढी सिनेमामा अभिनय गरेका छन्।
रावले तमिलका अतिरिक्त विभिन्न भाषाका सिनेमामा पनि काम गरेका छन्।

उनको निधनमा तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू, अभिनेताबाट राजनीतिज्ञ बनेका तथा आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण र अन्य नेताहरूले शोक व्यक्त गरेका छन्। राव विधायक पनि भइसकेका थिए।

उनी पद्मश्री पुरस्कारबाट सम्मानित भइसकेका छन्।

सम्बन्धित् समाचार