गृहपृष्ठ Featured गुल्मीमा एक पुरुष मृत फेला

गुल्मीमा एक पुरुष मृत फेला

गुल्मी ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकास्थित वामी-रिडी सडकखण्डको छेउमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आइतबार दिउँसो मुसिकोट नगरपालिका वडानम्बर–५ इन्द्रेगौडास्थित सडक छेउमा अन्दाजी ७०–७५ वर्ष उमेरको एक पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा ७ जनाको विशेष टोली पनि खटाइएको छ ।

मृतकको नाम, ठेगाना खुल्न नसकेको र पहिरनमा कालो ट्र्याक, पहेंलो टिसर्ट तथा निलो सर्ट लगाएका थिए । हाल घटनाको प्रकृति र मृतकको पहिचानबारे अनुसन्धान कार्य तीव्र रुपमा अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार