जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सहकारी ठगी मुद्दा खेपिरहेका रास्वपाका सभापति रवि लामिछानेको समर्थनमा चलाइएको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाएका छन् ।
सोमबार रास्वपाको कार्यालयमा पुगेर राउतले ‘रविमाथिको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान’ मा ऐक्ववद्धता जनाएका हुन् ।
हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामी त न्यायका लागि लडिरहेको हो । त्यसैले रास्वपाको अभियानमा साथ, समर्थन छ । राजनीतिक मान्यता फरक भए पनि अन्यायविरुद्ध हामी सधैँ आवाज उठाउँछौँ ।’
रविमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्दै रास्वपाले उनको समर्थनमा हस्ताक्षर अभियान चलाइरहेको छ ।








