गृहपृष्ठ Featured भारतबाट चोरेर ल्याएको १५ तोला सुन र झन्डै ८ लाख रूपैयाँसहित कोहलपुरबाट ६ जना पक्राउ

भारतबाट चोरेर ल्याएको १५ तोला सुन र झन्डै ८ लाख रूपैयाँसहित कोहलपुरबाट ६ जना पक्राउ

भारतबाट १५ तोला सुनका गरगहना र झन्डै आठ लाख नेपाली रूपैयाँ चोरी गरी आएका ६ जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार विशेष सूचनाको आधारमा उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरिएको थियो।

पक्राउ पर्नेहरू सबै कालिकोटका हुन्।

कालिकोटको रासकोट नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय मन बहादुर शाही, ४२ वर्षीय तेज बहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ८ का १८ वर्षीय पंकज केसी, ४५ वर्षीय प्रेम बहादुर खत्री, ३८ वर्षीया अनिता खत्री र नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की २८ वर्षीय सरिता शाही पक्राउ परेका हुन्।

उनीहरूमध्ये प्रेम र अनिता श्रीमान र श्रीमती हुन् भने पंकज उनीहरूका छोरा हुन्।

दिल्लीमा काम गर्न भन्दै गएका उनीहरूले आफूहरूले काम गर्ने घरबाट १५ तोला सुनका गरगहना र ७ लाख ८७ हजार नेपाली रूपैयाँ चोरी गरेर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले लामो समयदेखिको योजना अनुरूप चोरी गरेर भागेर नेपाल आएको प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताइन्।

सम्बन्धित् समाचार