वैखरी अनलाईन, बुद्धभूमि ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ डुमरामा भारतीय मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
मोटरसाईकल चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ का नरमुल्ला खानको दुर्घटनामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख विराज शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार शुक्रबार करिब ३ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको युपी ५५ एभी ३४१२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई रूखमा ठोक्किदाँ दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका मुस्तक अहमदलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।
दुर्घटनाबारे थप उपचार भईरहेको प्रहरीले जनाएको छ ।








