गृहपृष्ठ Featured मलमला जापानीज ल्याङ्ग्वेज कन्सल्टेन्सीको सेवामा आकर्षक अफर, साउनमा विशेष छुट

मलमला जापानीज ल्याङ्ग्वेज कन्सल्टेन्सीको सेवामा आकर्षक अफर, साउनमा विशेष छुट

वैखरी अनलाईन, बाणगंगा ।

जापानमा उच्च शिक्षा तथा रोजगारीका लागि जान इच्छुक विद्यार्थीका लागि श्री मलमला जापानीज ल्याङ्ग्वेज कन्सल्टेन्सी प्रा.लि. ले विभिन्न आकर्षक सेवा तथा छुट अफर गर्दै आएको छ। पश्चिम नेपालकै भरपर्दो र विश्वासिलो कन्सल्टेन्सीका रूपमा परिचित यस संस्थाले विद्यार्थीलाई शून्य लागतमा सेवा प्रदान गर्ने व्यवस्था गरेको छ।

कन्सल्टेन्सीका अनुसार Certificate of Eligibility (COE) नआउँदासम्म कुनै पनि परामर्श शुल्क नलिने ग्यारेन्टी गरिएको छ। साथै, भाषा कोर्ष, अन्तर्वार्ता तयारी, डकुमेन्टेसन, एप्लाई र काउन्सेलिङ सेवासमेत पूर्ण रूपमा निशुल्क उपलब्ध गराइँदैछ।

विद्यार्थीको रुचि, क्षमता र सल्लाहअनुसार जापानको विभिन्न सहर तथा A लेभलका कलेज तथा विश्वविद्यालयमा भर्ना तथा रोजगारीको समेत ग्यारेन्टी दिइने जनाइएको छ।

यस कन्सल्टेन्सीमा N5 र N4 लेभलको जापानी भाषाको प्याकेज, J-Cert, NAT, JLPT, तथा JFT IRODORI कोर्ष सञ्चालन गरिने छ भने, कक्षा बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिन्छ। योग्य र अनुभवी जापानिज N1/N2/N3 सर्टिफाइड प्रशिक्षकहरूले अध्यापन गराउने भएकाले गुणस्तरीय शिक्षाको प्रत्याभूति गरिएको छ।

जापानबाट अध्ययन सकेर फर्किएका दक्ष शिक्षकहरूको टोलीले कक्षा सञ्चालन गर्ने यस कन्सल्टेन्सीले Gijinkoko (Bachelor Visa), TITP (Training Visa), SSW Visa, Cook Visa लगायतका विभिन्न भिसा प्रक्रियामा समेत सफल सेवा प्रदान गर्दै आएको छ। Bachelor Visa मा कुनै भाषा सर्टिफिकेट आवश्यक नपर्ने तथा अन्तर्वार्ता नहुञ्जेल कुनै शुल्क नलाग्ने पनि जानकारी दिइएको छ।

विद्यार्थीले पहिलो चरणदेखि जापान पुगेपछि काम खोज्नेसम्मको सम्पूर्ण प्रक्रियामा परामर्श र सहयोग पाउनेछन्। साथै, होस्टेलसहितको कक्षा सञ्चालन, साप्ताहिक तथा मासिक भाषा परीक्षण, समूहमा भर्ना हुनेलाई विशेष छुट, आर्थिक समस्यामा सहकार्य बैंकबाट कर्जा सहयोग लगायतका व्यवस्था गरिएको छ।

यसै असार र साउनमा भर्ना हुने विद्यार्थीका लागि एडमिसन, कोर्स बुक तथा कन्सल्टेन्सीको टिसर्ट समेत निशुल्क दिइनेछ। साथै, साउन महिनाभर भर्ना हुने विद्यार्थीलाई Apply मा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कन्सल्टेन्सीले जनाएको छ।

श्री मलमला जापानीज ल्याङ्ग्वेज कन्सल्टेन्सीले जापानमा अध्ययन र रोजगारीको सपना देखिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै भरपर्दो, पारदर्शी र गुणस्तरीय सेवा दिन निरन्तर कार्य गरिरहेको जनाएको छ।

सम्बन्धित् समाचार