गृहपृष्ठ Featured कपिलवस्तुमा ब्यबसायिक मोरिङ्गा बृक्षारोपण कार्यक्रम

कपिलवस्तुमा ब्यबसायिक मोरिङ्गा बृक्षारोपण कार्यक्रम

नेपाल स्वयंसेवक संघको आयोजना, मायादेवी साझेदारी बन उपभोक्ता समूहको सहकार्यमा श्री झन्डा माध्यमिक बिद्यालय कपिलवस्तुको जग्गामा वृक्षारोपण गरिएको छ। बिद्यालयको परिसर भित्र रहेको जग्गामा ब्यवसायिक सित्तलचिनी सहजन, मोरिङ्गाको ब्यवसायिक खेती गर्ने उद्देश्यले बिरुवा लगाइएको हो ।

बिद्यालयको करिब दस कठ्ठा क्षेत्र फलमा छ सय बिरुवा लगाइएको बिद्यालय का प्रचार्य कृष्णा टण्डनले जानकारी दिइन ।बातावरणीय संरक्षण सँगै आयआर्जन र बिद्यालयको दीर्घकालीन अक्षयकोषमा योगदान पुग्ने उनले बताइन।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री तथा सांसद बिष्णु पन्थीले वृक्ष रोपण गरी औपचारिक उद्वाटन गरे। साथै उनले बिरुवा लगाउनु मात्रै होइन जोगाउनु अझै महत्त्वपूर्ण कार्य रहेको बताउदै यस्को रेखदेख बिद्यालयले गर्नुपर्नेमा जोड दिए। नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष समेत रहेका खेमराज पौडेलले कार्यक्रममा मोरिंगा, सित्तलचिनि सहिजनको महत्त्वको बारेमा प्रकास पारेका थिए

उक्त अवसरमा बाणगंङ्गा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी उद्योग बाणिज्य संघका डोलकराम घिमिरे ,समाजसेवी उमानाथ पौडेल नेकपा एमाले नगर कमिटी अध्यक्ष तथा पुर्व वडाध्यक्ष सोमनाथ अर्याल ,नागरिक समाजका अध्यक्ष अर्जुन पोख्रेल ,उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शशी सापकोटा विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी अभिभावक तथा बिद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कोपिला गिरीले गरेकी थिइन् ।

सम्बन्धित् समाचार