अशोक पौडेल, कपिलवस्तु।
लुम्बिनी विकास कोषका सदस्य–सचिव सानु राजा शाक्यले आफ्नो पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार शाक्यले राजीनामा पत्र बुझाइसकेका छन्, तर सो राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छैन ।
शाक्यले राजीनामा दिएपछि कोषको प्रशासनिक कामकाजमा कठिनाइ आएको बताइएको छ । उनीसँग सम्पर्क गर्न प्रयास गर्दा पनि उनले फोन उठाएका छैन्न ।
शाक्य लामो समयदेखि लुम्बिनी विकास कोषमा आवद्ध रहँदै आएका थिए। विकास, संरक्षण र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका शाक्यको राजीनामाले कोषको अव को आउछ र र कसरी कार्य सञ्चालनमा हुन्छ भन्ने प्रश्न उठाएको छ।








