अशोक पौडेल, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा आर्थिक वर्ष २०८१÷८२ मा जन्म, मृत्यु, बसाइँसराइ, विवाह लगायतका घटनाको विवरण सार्वजनिक भएको छ। नगरपालिकाभित्र गत वर्षको श्रावणदेखि चैत मसान्तसम्मको तथ्यांक अनुसार ३,६६० जना नवजात शिशुको जन्मदर्ता गरिएको छ भने ५५० जनाको मृत्यु दर्ता भएको छ।
नगरपालिकाका ११ वटै वडाबाट प्राप्त विवरणअनुसारः
जन्मदर्तामा पुरुष १,७४६ र महिला १,९१४ जना छन्। तेस्रो लिङ्गीको कुनै पनि दर्ता भएको छैन।
मृत्युमा ३०० जना पुरुष र २५० जना महिलाको मृत्यु दर्ता गरिएको छ।
विवाह दर्ता ४७७ वटा रहेका छन् भने सम्बन्ध विच्छेद (डिभोर्स) ५९ वटा भएको देखिएको छ।
त्यस्तै, बसाइँ सराइसम्बन्धी विवरण हेर्दाः
नगरपालिकामा बसाइँ सरी आएका १,५९१ व्यक्तिको १९६ वटा परिवारद्वारा बसाइँ सराइ दर्ता गरिएको छ।
यस्तै, नगरपालिकाबाट बाहिरिएका ४७५ व्यक्तिको १६५ वटा बसाइँ सराइ दर्ता भएका छन्।
बाणगंगा नगरपालिका वडा नं. ७ मा सबैभन्दा बढी ४२० जन्मदर्ता भएको छ भने वडा नं. ६ मा सबैभन्दा कम २३३ जना मात्रै जन्मदर्ता भएका छन्। मृत्यु दर्ताको हिसाबले वडा नं. ७ मै सबैभन्दा बढी ७१ जनाको मृत्यु दर्ता भएको बाणगंगा नगरपालिका पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखाका प्रमुख दिपक पाण्डेले वैखरी अनलाइनलाई जानकारी दिए ।
थप वडागत विववरण यस्तो छ ।









