नविन भुसाल, बाणगंगा ।
लगातार बढ्दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था सिर्जना भएपछि बाणगंगा नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगर प्रमुख चक्रपाणि अर्यालको हस्ताक्षरित सूचनामा उल्लेख गरिएको अनुसार, नगर शिक्षा समितिको सिफारिसमा साउन ११ गतेदेखि १३ गतेसम्मका लागी नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहनेछन्।
यस अवधिमा मौसम अवस्था यथावत् रहेमा बन्दको अवधि थप नहुने जानकारी दिइएको छ । विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गरिएको यो निर्णय पालक, विद्यालय प्रशासन तथा सरोकारवालाहरूलाई जानकारीका लागि जारी गरिएको हो।
नगरपालिकाले सबैलाई अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।









