गृहपृष्ठ Featured करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु

करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु

हुम्ला ।

सुर्खेतमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका – १२ नेवारेका ५५ वर्षका धनिराम आचार्य र उनकी श्रीमती ५० वर्षकी धनकुमारी उपाध्याय छन्।

आचार्य दम्पत्ती शुक्रबार बिहान १० बजेतिर आफ्नै घरमा घाँस काट्ने विद्युतीय मेसिनद्वारा घाँस काट्दै गर्दा विद्युत्‌को तारबाट करेन्ट लागेर घाइते भएका थिए।

उपचारका क्रममा उनीहरूको प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित् समाचार