गृहपृष्ठ Featured गुल्मीमा आगलागीमा परेर एक युवतीको मृत्यु

गुल्मीमा आगलागीमा परेर एक युवतीको मृत्यु

गुल्मी ।

गुल्मीमा आगलागीमा परेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ धुर्कोटस्थित एक घरमा लागेको आगलागीमा परेर ३० वर्षीया जुना विकको मृत्यु भएको हो ।

जुना स्थानीय ७० वर्षीया मनिदेवी विककी छोरी हुन् । शनिबार राति मनिदेवीको घरमा आगलागी भएको थियो ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहको जनाएको छ ।

सम्बन्धित् समाचार