दाङ ।
दाङको गढवा गाउँपालिका- ७ का वडा अध्यक्ष राहुलदेव चौधरीको घरबाट चिरान गर्दै गरिएको अवस्थामा ५८ क्विफिट काठ बरामद गरिएको छ ।
वडा अध्यक्षको संलग्नतामा अवैध काठ चिरान भइरहेको गोप्य सूचनाका आधारमा सव डिभिजन वन कार्यालय गढवा, इलाका प्रहरी कार्यालय गढवा र सशस्त्र वन रक्षकको संयुक्त टोलीले छापा मारेको थियो ।
वडा अध्यक्षको घर-आँगनमै साल र जङ्गली जातको सिसौ काठ चिरान भइरहेको अवस्थामा उक्त काठ बरामद भएको सव डिभिजन वन कार्यालय गढवाका सहायक वन अधिकृत यमप्रसाद गैरेले जानकारी दिए ।








