१३ साउन, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ कालापोखरामा १० वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीय राम बहादुर सुनारका छोरा अनमोल सुनार मंगलबार बिहान १० बजेतिर आफ्नै घरको बंगालको काठको दलिनमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
तर त्यसबेलासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा प्रहरी टोली खटिएको जनाइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








