गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा एक पुरुष मृत फेला

कपिलवस्तुमा एक पुरुष मृत फेला

वैखरी अनलाइन, कपिलवस्तु ।

बाणगंगा २ नन्दनगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

बाणगंगा ३ धनगौलीका अन्दाजी ६० वर्षीय गोरखनाथ यादव बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन् ।

मर्निङ वाकको क्रममा स्थानीयले देखेपछि प्रहरीलाई सूचना गरेका थिए।

इलाका प्रहरी कार्यालय पिपराको टोली घटनास्थल पुग्दा स्कुटी सहित उनी मृत अवस्थामा फेला परेक थिए ।

उनको पोस्टमार्टम का लागि पिपरा अस्पताल राखीएको छ ।

स्कुटीमा खुद्रा व्यापार गर्दै आएका यादव केही समयदेखि सुगर र प्रेसरको बिरामी रहेको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

सम्बन्धित् समाचार