गृहपृष्ठ Featured बाणगंगाको मनकामना सामुदायिक वनमा बृहत वृक्षारोपण अभियान शुभारम्भ

बाणगंगाको मनकामना सामुदायिक वनमा बृहत वृक्षारोपण अभियान शुभारम्भ

वैखरी अनलाइन, बाणगंगा ।
बाणगंगा नगरपालिका वडा नम्बर २ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहद्वारा आजदेखि बृहत वृक्षारोपण कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ।

अभियान अन्तर्गत विभिन्न प्रजातिका झण्डै १६ हजार बिरुवाहरू रोप्ने लक्ष्य राखिएको छ।

कार्यक्रमको उद्घाटन सबडिभिजन वन कार्यालय पिपराका प्रमुख वरिष्ठ वन अधिकृत मोहन मिश्र, वडा नम्बर २ का वडाध्यक्ष एवं नगर प्रवक्ता, वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष लक्ष्मी बहादुर खत्री, वडा सदस्यहरू, सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा गरिएको हो।

 

सुरुवातमा स्थानीय क्षेत्रभित्रको  भूभागमा बिरुवाहरू रोपिएको र आगामी दिनहरूमा सामुदायिक वनको अन्य क्षेत्रहरूमा पनि वृक्षारोपण कार्य विस्तार गर्दै लैजाने योजना रहेको सामुदायिक वन अध्यक्ष मुक्तबहादुर कार्कीले जानकारी दिनुभयो।

 

सामुदायिक वन संरक्षण र वातावरण सन्तुलन कायम राख्न वृक्षारोपणजस्ता अभियान अत्यन्त महत्वपूर्ण हुने भन्दै सहभागीहरूले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

यस वृक्षारोपण अभियानले वातावरणीय सुधारसँगै स्थानीय समुदायमा हरियाली विस्तार तथा जैविक विविधता संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित् समाचार