नवलपरासी ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डमा पर्ने दाउन्नेमा सडक ढलानको काम धमाधम भइरहेको छ। गत दुई सातादेखि ठूलो वर्षा नपरेकाले राजमार्ग ढलानको कामले तीव्रता लिएको हो।
बुधबारसम्म पूर्वी खण्डमा ८३० मिटर र पश्चिम खण्डमा १,४०० मिटर सडक ढलान भइसकेको छ।
दाउन्ने खण्डमा पर्ने करिब १४ किलोमिटर सडकमध्ये पश्चिमतर्फ करिब ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। ठाडो उकालो र बढी पानी बग्ने स्थानमा ढलान सडक निर्माण गरिएको उनले बताए ।
बाँकी १० किलोमिटर सडकमध्ये बुधबारसम्म दुवै तर्फ गरेर २ किलोमिटर सडक ढलान भइसकेको छ।








