रुपन्देही ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी निर्णय विपरीतका अभिव्यक्ति दिएका केन्द्रीय सदस्य प्रशान्त गुप्ता (महेन्द्र)लाई निष्काशन गरेको छ ।
उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरिएको जारी विज्ञप्तीमा उल्लेख छ । रुपन्देही निवासी गुप्ता गत निर्वाचनमा लोसपाबाट प्रदेश सभाको उम्मेदार बनेका थिए ।
संसदीय दलका नेता तथा पार्टीको प्रदेश अध्यक्ष पाण्डेले कुनै जानकारी नदिई आफै मन्त्री बनेको भन्दै बानियाले पनि आपत्ति जनाउदै आएका छन् । प्रदेश सभामा एकै दिन सत्तापक्षबाट विपक्षमा गएर बजेट पास गरेको विषयमा आलोचित बनेका पाण्डेका विरुद्ध लोसपामा असन्तुष्ट समूहले विरोध गर्दै आइरहेको छ ।
दोहोरिएर प्रदेश सभामा आएका मन्त्री पाण्डे जसरी पनि सरकारमा जाने र अहिलेसम्म ४ पटक मन्त्री बनिसकेको भन्दै कार्यकर्ताले विरोध गरेका छन् ।









