गृहपृष्ठ Featured अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई युट्युबमा प्रतिबन्ध

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई युट्युबमा प्रतिबन्ध

अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाहरूको सुरक्षाका लागि सामाजिक सञ्जालमा ‘युट्युब’लाई पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री एन्टोनी अल्बानेज र सञ्चारमन्त्री अनिका वेल्सले बुधबार क्यानबेर्रामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका छन् ।

यो प्रतिबन्ध आगामी १० डिसेम्बरदेखि लागु हुनेछ । पहिला युट्युबलाई यसको शैक्षिक र स्वास्थ्यसम्बन्धी सामग्रीका कारण केही समयका लागि छुट दिइएको थियो । तथापि, इसेफ्टी कमिसनर जुली इनम्यान ग्रान्टले युट्युबले बालबालिकामा हानिकारक सामग्रीको पहुँच पुर्‍याउने जोखिम रहेको भन्दै सरकारलाई यसलाई प्रतिबन्धमा समावेश गर्न सिफारिस गरेका थिए ।

प्रधानमन्त्री अल्बानेजले भने, ‘हामी सामाजिक सञ्जालका ती प्लेटफर्महरूलाई उचित नियन्त्रणमा राख्न इच्छुक छौं, जसले बालबालिकामा नकारात्मक प्रभाव पार्न सक्छन् । यो मात्र पहिलो कदम हो, तर यसले निश्चित रूपले सकारात्मक प्रभाव पार्नेछ ।’

सञ्चारमन्त्री वेल्सले थपे, ‘यो निर्णय अभिभावकहरूको भलाइलाई प्राथमिकतामा राखेर गरिएको हो र हामी प्रविधि कम्पनीहरूबाट आउने कानुनी दबाबबाट प्रभावित हुने छैनौं ।’

युट्युबका प्रतिनिधिले गुगलमार्फत् यो निर्णयप्रति आफ्नो चिन्ता व्यक्त गर्दै आगामी कदमहरूबारे विचार गरिरहेको जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार