दयाहाङ राई, मिरुना मगर, विजय बरालको शीर्ष भूमिका रहेको यो फिल्मलाई बाँसुरी फिल्म्सले निर्माण गरेको हो । लेखन तथा निर्देशन सुब्बाको छ ।
रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ यो फिल्मका निर्माता हुन् ।
यसअघि अनलाइनखबरसँग कुरा गर्दै अभिनेत्री मगरले दोस्रो श्रृंखला उत्कृष्ट बनेको बताएकी थिइन् । पूर्वी नेपालको लिम्बु समुदायको जारी प्रथाको कथावस्तुमा फिल्म बनेको हो ।
निर्माता रामबाबु गुरुङका अनुसार दशैंपछि ‘कबड्डी ५’ छायांकन हुनेछ । बाँसुरी फिल्म्सका जारी र कबड्डी दुबै श्रृंखला बक्सअफिसमा निकै हिट छन् ।