गृहपृष्ठ Featured खोल्सामा खसेर एक मजदुरको मृत्यु

खोल्सामा खसेर एक मजदुरको मृत्यु

नवलपरासी ।

गैंडाकोटको भित्री सडकको खोल्सामा खसेर एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार शनिबार बिहान देवचुली नगरपालिका-१६ रहजर निवासी ५१ वर्षीय किसान न्यौपानेको गैंडाकोटस्थित नगरटाँडीको खोल्सामा खसेर मृत्यु भएको हो ।

 

स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल नजिकै साइकल फेला परेको र उनी साइकलबाट खोल्सामा खसेको हुन सक्ने अनुमान प्रहरीको छ ।

उनी एउटा तारजाली कारखानामा कार्यरत मजदुर हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित् समाचार