वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नं. १ अन्तर्गत बाणगंगा नगरपालिका–४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा पदम थापाको अध्यक्षतामा १५ सदस्यीय वडा कार्यसमिति चयन गरेको हो। समितिमा भिम शाहीसहित अन्य विभिन्न जिम्मेवारीमा स्थानीय कार्यकर्ताहरू चयन गरिएका छन्।

राप्रपाका केन्द्रीय सदस्य ध्रुव रायमाझीले वर्तमान राष्ट्रिय परिस्थिति र जनताको भरोसाले राप्रपाको प्रभाव झनै बलियो बन्दै गएको बताउनुभयो ।
“बाणगंगा–४ मा राजावादी विचारधाराले गहिरो पकड बनाएर यस क्षेत्रमा अबको लक्ष्य विजयी बन्नु हो। संगठनलाई झन सशक्त बनाउँदै आगामी निर्वाचनमा निर्णायक स्थानमा पुर्याउनु पर्दछ।” उहाँले भन्नुभयो ।
रायमाझीले राप्रपा राष्ट्रवाद, संस्कृति र हिन्दू मूल्यमा आधारित स्वाभिमानी राजनीति गर्ने पार्टी भएको उल्लेख गर्दै नव(निर्वाचित टोलीलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।
कार्यक्रममा विभिन्न स्थानीय नेताहरू, कार्यकर्ताहरू र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरूले अधिवेशन सफल पार्न योगदान दिने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।
राप्रपाका नेताहरुले नव-निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पार्टीको सांगठानिक विस्तार र आगामी चुनावमा सफलता हासिल गर्ने गरि दृढताका साथ लाग्न अग्रह गरेका छन् ।








