गृहपृष्ठ Featured बाणगंगामा ७४ वर्षीय एक पुरुष मृत अवस्थामा फेला

बाणगंगामा ७४ वर्षीय एक पुरुष मृत अवस्थामा फेला

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ८ मधुवनमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् । ७४ वर्षीय लालबहादुर खत्री आईतबार आफ्नै घर नजिकको खेतमा मृत अवस्थामा फेला परेका हुन् ।

आईतबार विहान करिब साढे ७ बजे घरदेखि करिब २०० मिटर दक्षिण खेतको छेउमा खत्रीको शव देखेपछि स्थानीयवासीले ईलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसीको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थल पुगेको थियो।

 

प्रारम्भिक अनुसन्धान अनुसार खत्री शनिबार दिउँसो ३ बजेदेखि बेपत्ता रहेको र उनले मादक पदार्थ सेवन गर्ने गरेको पनि खुल्न आएको प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।

परिवारका अनुसार मृतक खत्रीको साथमा श्रीमती, दुई छोरा (एक जना विदेशमा), र तीन बुहारी बस्दै आएका छन्।

शवलाई पोस्टमार्टमका लागि पिपरा अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित् समाचार