दाङ — तुलसीपुरमा कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१४, गोठुवाकी दुई वर्षीया शुष्मा बस्नेतको सोमबार बेलुका घरआगनमै खेल्ने क्रममा नजिकैको कुलोमा खसेर मृत्यु भएको हो ।
कुलोमा बगेर गम्भिर घाइते भएकी बस्नेतको उपचारका क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा राती मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिए ।








