गृहपृष्ठ Featured राप्रपा शिवराजले भन्यो- राप्रपाका कार्यकर्ता एमाले प्रवेश गरे भन्ने समाचार पूर्णतः भ्रामक

राप्रपा शिवराजले भन्यो- राप्रपाका कार्यकर्ता एमाले प्रवेश गरे भन्ने समाचार पूर्णतः भ्रामक

वैखरी अनलाई, चन्द्रौटा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शिवराज नगर कार्यसमितिले सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रामक प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै स्पष्टिकरण जारी गरेको छ।

पार्टीका अनुसार केही सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा नेकपा एमालेमा राप्रपाका नेता तथा कार्यकर्ताहरूले प्रवेश गरेको भनी प्रकाशित/प्रसारित सामग्रीहरू पूर्णतः भ्रामक र निराधार छन्।

यस प्रकारको प्रचार–प्रसारप्रति ध्यानाकर्षण गराउँदै नगर समितिले यस्ता गतिविधिबाट राप्रपाको छविमा असर पुर्‍याउने प्रयास गरिएको आरोप लगाएको छ।

शिवराज नगर कार्यसमितिका अध्यक्ष भिम बहादुर के।सी। ‘शंकर’ द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ– “नेकपा एमालेमा पार्टी प्रवेश गरेको भनी प्रचार गरिएको नामहरू – दिलमान चौधरी, बबलु चौधरी, रामजी चौधरी, टिंकु चौधरी, रमेश चौधरी लगायत – राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि आधिकारिक संरचना वा समितिमा आवद्ध छैनन्। तसर्थ, यस्ता व्यक्तिहरूको प्रवेशलाई राप्रपासँग जोड्नु तथ्यहीन र दुर्भावनापूर्ण कार्य हो।”

पार्टीले यस्ता भ्रामक समाचारप्रति सतर्क रहन आग्रह गर्दै आम नागरिक तथा सञ्चारकर्मीलाई सत्य सूचना सार्वजनिक गर्न आग्रह गरेको छ।

पार्टीले यस्ता हल्लाले संगठनको मर्यादा र एकतामा आँच आउने सम्भावना रहेको भन्दै भविष्यमा यस्ता भ्रामक प्रचार नगर्न सबैमा अनुरोधसमेत गरेको छ।

सम्बन्धित् समाचार