गृहपृष्ठ Featured अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा औषधिमा २५० प्रतिशत सम्मको भन्सार शुल्क लगाउने सङ्केत

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा औषधिमा २५० प्रतिशत सम्मको भन्सार शुल्क लगाउने सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी दिनमा २५० प्रतिशतसम्म पुग्न सक्ने बताउनु भएको  छ ।

उहाँले विदेशी अर्धचालक (सेमिकन्डक्टर) सामग्रीमा पनि नयाँ शुल्क लगाउने तयारी गुर्नभएको समाचारसंस्था एएफपीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले टेलिभिजन अन्तर्वार्ताका क्रममा पहिलो चरणमा औषधिमा सानो दरको शुल्क लगाइने भए पनि आउँदो एक देखि डेढ वर्षभित्र त्यसको दर १५० प्रतिशत र त्यसपछिका चरणहरूमा २५० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

यसैबीच राष्ट्रपति ट्रम्पले भारतमाथि पनि आयात शुल्क धेरै मात्रामा बढाउने योजना रहेको बताउनुभयो । यसको कारण भारतले रुसबाट कच्चा तेल खरिद गर्दै आएको विषय भएको उहाँको भनाइ छ ।

राष्ट्रपतिले यो निर्णय केही  घण्टाभित्र लागू हुन सक्ने सङ्केत दिनुभएको खबरमा उल्लेख छ । ट्रम्प प्रशासनले यसअघि सन् २०२५ को अप्रिल महिनामा धेरैजसो व्यापारिक साझेदारहरूमाथि १० प्रतिशतको आधारभूत भन्सार शुल्क लागू गरिसकेको थियो ।

यसअघि राष्ट्रपति ट्रम्पले आयातित फलाम र एल्युमिनियममा ५० प्रतिशत भन्सार लगाइ सक्नुभएको छ ।

सम्बन्धित् समाचार