गृहपृष्ठ Featured भारतको उत्तराखण्ड : बाढीले बगायो २५ होटल र गेस्टहाउस

भारतको उत्तराखण्ड : बाढीले बगायो २५ होटल र गेस्टहाउस

भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा मंगलबार आएको बाढीले २५ होटल तथा गेस्टहाउस बगाएको छ ।

मंगलबार दिउँसो करिब साढे एक बजे खीरगंगा नदीमा अचानक बाढी आएको थियो । बाढीमा परेर तत्काल चार जनाको मृत्यु भएको थियो भने एक सय जना बेपत्ता भएका छन् ।

बाढीले उत्तरकाशीका धराली र सुखी टप क्षेत्रमा बढी क्षति भएको छ । गंगोत्री तीर्थमार्गमा पर्ने धरालीका २०–२५ होटल तथा गेस्टहाउस बाढीले बगाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । साथै, धराली बजारको ठूलो भाग पूर्ण रूपमा बगाएको बताइएको छ ।

घटनास्थलका दृश्यहरूमा पहेँलो बाढीले बस्तीहरू च्यापेर बगाएको र पूर्ण विनाशको तस्वीर देखिएको छ ।

सो क्षेत्रमा अहिले एसडीआरएफ र स्थानीय प्रहरीको टोलीले वर्षा र कठिन भौगोलिक अवस्थाका बाबजुद उद्धार कार्य जारी राखेको छ ।

सम्बन्धित् समाचार