गृहपृष्ठ Featured ब्राइट लुम्बिनीले सार्वजनिक गर्‍यो आफ्नो शैक्षिक विशेषता झल्काउने गीत (भिडियोसहित)

ब्राइट लुम्बिनीले सार्वजनिक गर्‍यो आफ्नो शैक्षिक विशेषता झल्काउने गीत (भिडियोसहित)

वैखरी अनलाईन, बाणगंगा ।

निजी शैक्षिक संस्था ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. (साविक लुम्बिनी लर्निङ सेन्टर) ले आफ्नो बाह्रौँ वार्षिकोत्सवको अवसरमा शैक्षिक विषयवस्तु समेटिएको विशेष गीत सार्वजनिक गरेको छ।

एक दशकभन्दा बढी समयदेखि कपिलवस्तु जिल्लाबाट शिक्षा क्षेत्रमा क्रियाशील ब्राइट लुम्बिनीले केही दिनअघि गीतको अडियो सार्वजनिक गरेसँगै भिडियो छायाङ्कन सम्पन्न गरेको थियो। उक्त गीतको भिडियो सोमबार साँझ ७:३० बजे “असिम क्षेत्री” नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

लोक तथा दोहोरी गायक बिक्रम परियार र गायिका शान्ता रानी परियारको आवाजमा रहेको उक्त गीतमा नविन परियारले शब्द रचना गरेका छन् भने संगीत गायक बिक्रम परियार स्वयंले गरेका हुन्। संगीत संयोजन सुनिल परियारको रहेको छ। भिडियो अबिरल फिल्म्स प्रा.लि.ले छायाङ्कन गरेको हो। भिडियोको कोरियोग्राफी सुमन पौडेलले र निर्देशन विष्णु भट्टराईले गरेका छन्।

करिब सात मिनेट लामो भिडियोमा विद्यालय शिक्षा पछिको अन्तर्राष्ट्रिय भाषा अध्ययन र त्यसपछि जापान, कोरिया लगायतका देशतर्फ विद्यार्थीहरू अध्ययन तथा रोजगारीका लागि जाने क्रमलाई मूल सन्देशको रूपमा प्रस्तुत गरिएको छ। ब्राइट लुम्बिनीले विगत १२ वर्षदेखि जापानी र कोरियन भाषा कक्षा सञ्चालन गर्दै आएको र थुप्रै विद्यार्थीलाई वैदेशिक अध्ययन तथा रोजगारीमा पठाउँदै आएको तथ्यलाई गीतमार्फत उजागर गरिएको छ।

भिडियोमा संस्थाका प्रबन्धक असिम क्षेत्री र मोडल राधिका श्रेष्ठको प्रमुख अभिनय तथा नृत्य समावेश छ। नृत्यमार्फत क्षेत्रीको बहुआयामिक प्रतिभा — शिक्षा, व्यवस्थापन र कलाक्षेत्रमा देखिएको छ।

प्रबन्धक क्षेत्रीका अनुसार भिडियोको छायाङ्कन बाणगंगा नगरपालिकाभित्रका प्रमुख स्थानहरू — राजापानी, जितपुर मन्टेश्वरी परिसर, र ब्राइट लुम्बिनी इन्टरनेशनलको कार्यालय परिसरमा गरिएको हो।

गीतले संस्थाको शैक्षिक योगदान र अन्तर्राष्ट्रिय तयारीमा जोड दिएको भन्दै विद्यार्थी, अभिभावक र स्थानीय तहबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

सम्बन्धित् समाचार