गृहपृष्ठ Featured युवा संघका दुई निलम्बित नेता साधारण सदस्यबाटै निष्कासित

युवा संघका दुई निलम्बित नेता साधारण सदस्यबाटै निष्कासित

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले संगठनका दुई नेतामाथि कडा अनुशासनात्मक कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

संघको साउन १९ गते सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले लुम्बिनी प्रदेशका तत्कालीन अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवान्तिका राईलाई संगठनको विधानअनुसार कारबाही गर्दै पार्टी सदस्यता खारेज गर्न समेत सिफारिस गरेको हो ।

यसअघि साउन १० मा पार्टीविरोधी गतिविधि गरेको र आर्थिक अनियमितता गरेको भन्दै उनीहरुलाई निलम्बन गरेपछि पनि उनीहरुले चित्तबुझ्दो जवाफ नदिएको र नेताहरुलाई गालीगलौज गर्ने र मिडियाबाट अर्नगल प्रचार नरोकेका कारणउनीहरुलाई साधारण सदस्यबाट हटाइएको युवासंघले जनाएको छ ।

संगठनले उनीहरूलाई कुनै नेताप्रति पक्षधर भएको वा गुटगत कारणले नभई अनुशासनहीनता, ठगी, आर्थिक अपचलन र संगठन विरोधी गतिविधिका कारण कारबाही गरिएको स्पष्ट पारेको छ।

 

सम्बन्धित् समाचार