गृहपृष्ठ Featured घर प्लास्टर गर्ने क्रममा लडेर कामदारको मृत्यु

घर प्लास्टर गर्ने क्रममा लडेर कामदारको मृत्यु

रुकुमपश्चिम ।

रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१, मठमा घर बनाउने क्रममा एक कामदारको मृत्यु भएको छ ।

आज बिहान बाँफिकोट गाउँपालिका –२, पिपल निवासी ४० वर्षीय कमल पौडेलको घरको एक तलामाथिबाट खसेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मठमा निर्माणाधीन एक घरमा प्लास्टरको कामका लागि खट बनाउने बेला पौडेल लड्नुभएको थियो ।

घरको एक तलामाथिबाट करिब १० मिटर तल खसेका पौडेलको घटनास्थमै मृत्यु भएको छ । पौडेलको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लगिइएको छ ।

सम्बन्धित् समाचार