गृहपृष्ठ Featured रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना एक जनाको मृत्यु

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना एक जनाको मृत्यु

रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको  फारलाईन, कोठी नदि नजिक दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ ।

पश्चिमबाट पुर्वतर्फ गईरहेको लु ०१००३ प २०४२ नं को मोटरसाईकल का चालक सैनामैना ११ का हरिनारायण थारुको घट्ना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

पुर्वबाट पश्चिमतर्फ आउदै गरेको लु ९४ प ९७८९ नं को मोटरसाईकलमा सवारहरु गम्भिर घाईते भएको र उपचारका लागि बुटवल लगिएको प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले जनाए ।

उनिहरुको पहिचान भने अझै खुलेको छैन् । उक्त मोटरसाईकलमा दुई जना सवार रहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

सम्बन्धित् समाचार