गृहपृष्ठ Featured भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि दबाब दिन संघर्ष समिति

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि दबाब दिन संघर्ष समिति

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकारलाई दबाब दिन सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खाँको नेतृत्वमा संघर्ष समिति गठन गरिएको छ ।

आइतबार सिद्धार्थनगर नगरपालिकामा भएको बैठकले उद्योगी, जनप्रतिनिधि र स्थानीय बासिन्दालाई समेटेर संघर्ष समिति गठन गरिएको नगर प्रमुख खाँले जानकारी दिए ।

उनका अनुसार समितिको सहसंयोजकमा सिद्धार्थनगरकी उपप्रमुख उमा अधिकारी र सदस्यहरूमा सिद्धार्थनगर होटेल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य र उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ छन् ।

त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, संघकै पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद शर्मा र सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली सदस्य छन् ।

समितिले एक हप्ताभित्रमा विमानस्थल सञ्चालनमा देखिएका समस्या, समाधानका उपाय र संघर्षका कार्यक्रमबारे खाका तयार पारेर सार्वजनिक गर्ने संयोजक खाँले जानकारी दिए ।

सम्बन्धित् समाचार