वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको मायादेवी साझेदारी वन उपभोक्ता समूह देशभरमै तेस्रो भई पुरस्कृत भएको छ । साझेदारी वनको संरक्षण, संबद्र्धन, दिगो उपयोग, बातावरण सन्तुलन तथा जैविक बिबिधता संरक्षणमा एवं गरिबी न्यूनिकरणमा उल्लेखनीय कार्य गरेकामा सामुदायिक वन दिवश २०८२ को अवसर पारेर साझेदारी वन सम्मानित भएको हो ।
मन्त्रालयले डिभिजन वन कार्यालय कपिलवस्तुलाई समेत कार्यक्रममा सम्मानित गरेको थियो । कार्यक्रममा डिभिजनका बरिष्ठ वन अधिकृत मदन ढुंगानालाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा साझेदारी वन तर्फ मध्यविन्दु साझेदारी वन उपभोक्ता समूह प्रथम, बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूह द्वितीय भई पुरस्कृत भएका थिए ।
मायादेवी साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष दिनेश प्रसाद जयसवालले साझेदारी वनलाई पुरस्कार प्राप्त सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनमा अझै उत्कृष्ट कार्य सम्पादन गर्न पुरस्कारले प्रेरणा प्रदान गरेको बताए ।








