गृहपृष्ठ Featured प्रस्तावित बिधेयकमा गैर नाफामुलक शब्द हटाउनु पर्ने प्याब्सनको माग

प्रस्तावित बिधेयकमा गैर नाफामुलक शब्द हटाउनु पर्ने प्याब्सनको माग

वैखरी अनलाइन, तौलीहवा ।
बिद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक २०८० प्रति गंभीर ध्यानाकर्षण गर्दै प्याब्सन कपिलवस्तुले निजी बिद्यालयलाई क्रमशः गैर नाफा मुलक बनाईने छ भन्ने बाक्यांस हटाउनु पर्ने माग गरेको छ ।

प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय ईकार्ई लाइ आज ज्ञापन पत्र बुझाउदै प्याब्सनले माग गरेको  हो । प्याब्सन जिल्ला अध्यक्ष धिरेन्द्र बिक्रम सिंह र केन्द्रिय सदस्य सुन्दर पाण्डेयको नेतृत्वमा गएको ब्यासनको टोलीले प्रजिअ दील कुमार तामाङ जिल्ला समन्वय प्रमुख बाबुराम आर्चाय र समन्वय ईकाई प्रमुख  लोकराज मरासिनीलाई ज्ञापन पत्र बुझाएको प्याब्सन जिल्ला सचिव राजु अधिकारीले जानकारी दिए ।

२०५८ सालमा सरकारले बाध्यकारीरुपमा गरेको प्रावधानका कारण आफुहरु कम्पनी ऐनमा दर्ता गरी संचालन गर्दै आएकोमा अहिले प्रस्तावित बिधेयकमा निजी बिद्यालयलाई गैर नाफा मुलक राख्न खोजिएको भन्दै त्यो प्रावधान हटाउन उनीहरुले माग गरे ।

देशको शिक्षा क्षेत्रको विकासमा निजी बिद्यालयको योगदान रहेको भन्दै प्रस्तावित बिधेयकमा रहेको पुर्ण छात्राबृत्ति शब्द हटाई पहिले देखि भएको प्रावधान कुल बिद्यार्थीको संख्याको १० प्रतिशत छात्राबृत्ति दिने प्रवधानलाई निरन्तरा दिन पर्ने माग गरिएको छ ।

यस्तै छात्रबृत्ति अन्र्गत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक पढाई शुल्क कायम राख्नु पर्ने माग गरिएको छ ।

सो अवसरमा प्रजिअ तामाङले आफुहरुले ब्याब्सनको मागको बिषयमा मन्त्रालयमा जानकारी गराउने बताए । ब्यासनले आफनो माग पुरा गराउन मन्त्रालय, समिति लगायतहरुसंग आफनो माग राख्दै आएको छ ।

सम्बन्धित् समाचार