गृहपृष्ठ Featured गौतमबुद्ध विमानस्थल : अन्तर्राष्ट्रिय उडान ठप्प हुूँदा व्यवसायी निराश

गौतमबुद्ध विमानस्थल : अन्तर्राष्ट्रिय उडान ठप्प हुूँदा व्यवसायी निराश

बुटवल ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ । अर्बौं लगानी भएको विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा होटेल तथा पर्यटन व्यवसायी संगै स्थानीय बासिन्दामा निराशा छाएको छ ।

गत अप्रिलदेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थलले जनाएको छ । सन् २०२५ को जनवरीदेखि मार्चसम्म ३ महिनामा भने अन्तर्राष्ट्रिय उडान सन्तोषजन भएको थियो ।

उक्त अवधिमा २९९ अन्तर्राष्ट्रिय उडान भएका थिए । त्यो अवधिमा काठमाडौंको त्रिभुवन विमानस्थल मर्मत भइरहेकाले नेपाल एअरलाइन्स, जजिरा, फ्लाई दुबई र थाई एअर एसियाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरेका थिए । उक्त ३ महिनामा मात्रै १५ हजार १४८ यात्रुले विमानस्थल प्रयोग गरेका थिए ।

जाडो मौसममा भिजिबिलिटीको समस्या देखाउँदै विदेशी एअरलाइन्सहरुले उडान स्थगित गरेका थिए । पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आरएनपीएआर प्रविधि लागु गरेपछि करिब एक महिना अन्तर्राष्ट्रिय उडान पुन: सुरु भएपनि त्रिभुवन विमानस्थल मर्मत सकिएपछि चैत १६ देखि भैरहवाबाट पुन: उडान बन्द भएको हो ।

उद्घाटन भएको तीन वर्ष पूरा भइसक्दा पनि विमानस्थलबाट अन्तराष्ट्रिय उडान नियमित र पर्याप्त नभएपछि व्यवसायीहरू पटक–पटक आन्दोलन गरिरहेका छन् । तर पनि विमानस्थल सञ्चालन नहुँदा उनीहरुमा निराशा छाएको छ ।

सम्बन्धित् समाचार